आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा

blank

१३ पुस, काठमाडौं । काइ हाभार्ट्जको गोलमा इप्स्विच टानउलाई १-० ले पराजित गर्दै आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा गएराती भएको खेलमा हाभार्ट्जले २३औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । उनले लिएन्ड्रो ट्रोसार्डको क्रसमा गोल गरेका थिए ।

घरेलु मैदानमा आर्सनलले ८३ प्रतिशत भन्दा बढी खेल आफ्नो नियन्त्रणमा राखेको थियो ।

यो जितपछि आर्सनलको १८ खेलबाट ३६ अंक भएको छ । चेल्सीलाई एक अंकले पछि पारेको आर्सनलले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी ६ मा झारेको छ ।

चेल्सी ३५ अंकसहित तेस्रोमा छ । इमिरेट्स स्टेडियममा भएको खेलमा लियानड्रो ट्रोसार्डको क्रस उपयोग गर्दै हाभरटेजले २३ औं मिनेटमा निर्णायक गोल गरे ।

रेलिगेसनबाट बच्न संघर्षरत इप्स्विच १२ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

गएराती नै भएको खेलमा ब्राइटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

ब्राइटन १८ खेलबाट २६ अंकसहित दसौं स्थानमा । ब्रेन्टफोर्ड समान खेलबाट २४ अंकसहित ११औं स्थानमा छ ।

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar