प्रियंकालाई बलिउडमा कमब्याक गराउदैछन् राजामौली

blank

काठमाडौँ – अभिनेत्री प्रियंका चोपडाले एसएस राजामौलीको आगामी तेलुगु फिल्ममा साइन गरेकी छिन् । लामो समयदेखि भारतीय सिनेमामा कमब्याकको प्रतीक्षामा रहेकी उनि  केही समय पहिले फरहान अख्तरको फिल्म ´जी ले जरा` बाट कमब्याक गर्ने तयारीमा थिइन् तर अहिले यो फिल्म अलपत्र परेको देखिन्छ ।

यो फिल्म अफ्रिकी जङ्गल एडभेन्चरमा आधारित हुन लागेको हो, यद्यपि फिल्मको नाम भने तय भइसकेको छैन । फिल्ममा साउथ स्टार महेश बाबु अनुसन्धानकर्ताको भूमिकामा देखिनेछन् ।

पिंकभिल्लाको हालैको रिपोर्ट अनुसार बाहुबली र आरआरआरको सफलतापछि एसएस राजामौली एउटा एपिक फिल्म बनाउन लागेका हुन् । निर्माण पक्षले फिल्मको स्क्रिप्ट तयार गरिसकेको छ ।

फिल्मको छायांकन भारतबाहेक अमेरिका र अफ्रिकाको जंगलमा पनि हुनेछ । यो फिल्म २०२७ मा रिलिज हुने तयारीमा छ । रिपोर्टका अनुसार, यो तेलुगु फिल्म प्यान इन्डिया फिल्म हुनेछ, जुन हिन्दी, तमिल, मलयालम र कन्नड भाषाहरूमा पनि रिलिज हुनेछ।

फिल्मका लागि एसएस राजामौली विश्वव्यापी रूपमा चिनिने अभिनेत्रीको खोजीमा थिए । पछिल्ला ५–६ महिनामा उनले प्रियंकालाई धेरै पटक भेटेर उनको नाम फाइनल गरे । यस फिल्मलाई विश्वव्यापी स्तरमा लैजान डिज्नी र सोनी पिक्चर्स जस्ता ठुला स्टुडियोसँग वार्ता भइरहेको छ ।

प्रियंका चोपडाको बारेमा कुरा गर्दा, उनी पछिल्लो पटक भारतीय ठुलो पर्दाको फिल्म ´द स्काई इज पिंक` (२०१९) मा देखिएकी थिइन् भने  (२०२१) मा उनी नेटफ्लिक्स फिल्म ´द व्हाइट टाइगर`  देखिएकी थिइन् ।

प्रियंकासँग धेरै हलिउड फिल्महरू छन्। उनी छिट्टै द ब्लफ र हेड अफ स्टेट्स जस्ता हलिउड फिल्ममा देखिनेछिन् ।

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar