युक्रेन समर्थक डोनाल्ड टस्क भन्छन् : यही हिउँदमा युक्रेन-रूस वार्ता सुरु

blank

२६ मंसिर, वार्सा । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताएका छन् ।

आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहेका टस्कले अर्को महिना युरोपेली सङ्घ (इयु) को अध्यक्षता सम्हाल्दै छन् । उनले विदेशी अधिकारीहरूसँग हुने आगामी वार्ताहरूको पनि घोषणा गरे ।

उनले मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गर्ने र बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई पोल्यान्डमा स्वागत गर्ने बताए ।

‘हाम्रो (इयु) को अध्यक्षता राजनीतिक परिदृश्यका लागि सह–जिम्मेवार हुनेछ र सायद (शान्ति) वार्ताको अवस्था कस्तो हुनेछ जुन यही हिउँदमा सुरु हुन सक्छ, यद्यपि अझै केही प्रश्न छन्’, टस्कले पत्रकारहरूलाई भने, ‘मंगलबार मैले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग यस विषयमा कुरा गर्ने मौका पाउनेछु ।’

करिब तीन वर्षअघि रुसले आक्रमण गरेदेखि पोल्यान्ड युक्रेनको बलियो समर्थक बनेको छ ।

इयु र नाटो सदस्यहरूले किएभलाई पश्चिमी सैन्य सहायताका लागि महत्त्वपूर्ण रसद केन्द्रको रूपमा काम गर्छन् ।

टस्कले भने, ‘म्याक्रोन पर्सि सहरमा हुनुहुनेछ । उहाँ हामीलाई पेरिस वार्ताको नतिजाबारे जानकारी दिन चाहनुहुन्छ ।’

म्याक्रोन, जेलेन्स्की र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शनिबार पेरिसमा त्रि–पक्षीय बैठक गरेका थिए । उक्त बैठकलाई टस्कले ‘छोटो तर महत्त्वपूर्ण’ भनेका छन् ।

फेब्रुअरीमा चुनावअघि जनमत सर्वेक्षणमा शीर्ष स्थान ओगटेका जर्मन विपक्षी नेता फ्रेडरिक मेर्ज पनि किएभको भ्रमणपछि पोल्यान्ड आउने टस्कले जानकारी दिए ।

उनले स्क्यान्डिनेभियन र बाल्टिक सहयोगीहरूसँग ‘निरन्तर सम्पर्कमा’ रहेको बताए । ती सहयोगीहरूले ‘पोल्यान्ड र पोल्यान्डको (इयु) अध्यक्षतामा युक्रेन र रुसबीच शान्ति–निर्माणका लागि नेतृत्वदायी भूमिका’ देखेका छन् ।

‘मैले स्विडेनका प्रधानमन्त्रीसँग कुरा गरेँ र केही घन्टामै एस्टोनियाका प्रधानमन्त्री यहाँ वार्सामा हुनुहुनेछ’, टस्कले भने ।

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth