रविको एकल हस्ताक्षरबाट ४८ करोड खर्च

blank

रवि २५ चैत २०७७ मा गोर्खा मिडियाको सेयर सदस्यका रुपमा प्रवेश गरेका थिए । पछि उनी २ असार २०७९ मा गोर्खा मिडियाबाट बाहिरिएका थिए ।

तर, औपचारिकमा रुपमा २५ चैत २०७७ मा गोर्खा मिडियामा प्रवेश गर्नुपूर्व नै २ कात्तिक २०७७ को सञ्चालक समितिको निर्णयमा समेत रविको दस्तखत भेटिएको खुलेको छ । उनैको दस्तखत समेतले ग्लोबल आईएमएई बैंकमा रहेको खाता सञ्चालन भएको देखिएकाले उनी कानुनी र प्रशासनिक दायित्वबाट पन्छिन नमिल्ने अभियोगपत्रमा उल्लेख छ ।

औपचारिक रुपमा सेयर सदस्य हुनुपूर्व नै गोर्खा मिडियामा उनको भूमिका देखिएकाले सुरु मितिबाटै रविमाथि कानुनी दायित्व हुने अभियोगपत्रमा उल्लेख छ ।

८१४ वटा चेकमार्फत रविको एकल हस्ताक्षरबाट ४८ करोड खर्च

साहारा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्ककको सिद्धार्थ बैंकको खातामा १ करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकको खातामा २ करोड ५० लाख रुपैयाँ गरी ३ करोड ५० लाख रुपैयाँ जम्मा भएको अनुसन्धानबाट खुलेको छ ।

साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको अनुसन्धानबाट खुलेको छ ।

४८ करोड ५८ लाख २२ हजार २४६ रुपैयाँ रविको एकल हस्ताक्षरबाट खर्च भएको अभियोगपत्रमा उल्लेख छ । यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको पाइएको छ ।

यो बाहेक रविले जीबीसँगको संयुक्त हस्ताक्षरबाट ६० लाख १९ हजार रुपैयाँ चेकमार्फत खर्च गरेको पाइएको छ । ‘रवि र जीबीको संयुक्त हस्ताक्षरबाट ६० लाख १९ हजार चेकमार्फत भुक्तानी भएको बैंक खाताको स्टेटमेन्ट विश्लेषणबाट देखिन्छ,’ अभियोगपत्रमा उल्लेख गरिएको छ ।

blank

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth