लेडी बुमराह हुन मन लागेको छ- कप्तान पुजा महतो

blank

नेपाली यू-१९ महिला टिमकी कप्तान पुजा महतोले बलिङमा भारतीय पेस बलर जसप्रित बुमराहबाट प्रभावित भएको प्रतिक्रिया दिएकी छन् ।

शुक्रबार मलेसियासँगको खेलमा प्लेयर अफ दि म्याच चुनिएपछिको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले आफूलाई लेडी बुमराह हुन मन लागेको पनि बताइन् ।

आजको शानदार बलिङबारे पत्रकारको प्रश्‍नमा उनले भनिन्, ‘मलाई बुमराह निकै मनपर्छ, त्यस्तै खालको बलिङ गर्ने प्रयास गर्छु । म लेडी बुमराह हुन चाहन्छु।’

मलेसियासँगको प्लेअफ खेलमा नेपालले जित निकाल्दै सकारात्मक रूपमा आईसीसी यू-१९ महिला विश्‍वकपको यात्रा सकाएको छ । नेपाल समूह चरणका तीनोटै खेलमा पराजित भएको थियो ।

जितपछि पुजाले आफ्नो देशका लागि धेरैभन्दा धेरै राम्रो प्रदर्शन गर्न प्रयास गरिरहने समेत बताएकी छन् । ‘म कप्तान भएपछि मैले अगाडिबाट लिड गर्नुपर्छ, गर्न सकें जस्तो लाग्छ’ उनले भनिन्, ‘आगामी दिनमा पनि नेपालका लागि धेरै राम्रो गर्ने प्रयास गर्नेछु।’

साथै उनले विश्‍वकपको सबैभन्दा राम्रो क्षण यसै जितलाई मानेको बताइन् । हाम्रा लागि घर जानुअघि जितको अवसर थियो र यो नै प्रतियोगिताको सबैभन्दा यादगार पल रहनेछ’ उनले भनिन् ।

blank

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth