‘सालको पात टपरी’ र ‘अरेली काँडैले’ – १० करोड भ्यूज

blank
blank

वसन्त थापाद्वारा संगीतबद्ध गीत ‘सालको पात टपरी’ युट्युब प्लाटफर्ममा १० करोड पटक हेरिने नेपाली लोकविधाको दोस्रो गीत बनेको छ । यसअघि खेम सेन्चुरीको ‘अरेली काँडैले’ले यो कीर्तिमान रचिसकेको छ ।

नवराज पन्तको शब्द, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको ‘सालको पात टपरी’लाई १० करोड भ्यूज पाउन ६ वर्ष लाग्यो । तीज अवसरमा रिलिज भएको यो गीत देश तथा विदेशमा धेरै गुञ्जिने गीतमध्ये पर्छ ।

संगीतकार थापाले सामाजिक संजालबाट खुसी साटेका छन् । उनी लेख्छन्, ‘प्रकृतिप्रेमी हुँ । यहाँ हामीले चाहेर केही पनि हुँदैन । बाहेक छलकपट न हामीले चाहँदा घाम उदाउँछ न त अस्ताउँछ न त पानी नै पर्छ । सबै आफ्नै गतिमा परिवर्तन हुन्छ । यो सफलता असफलता पनि ऋतु र यामहरू जस्तै प्राकृतिक रुपमै अगाडी बढोस् भन्ने चाहना छ ।’

उनी अघि लेख्छन्, ‘सालको पात टपरी आफ्नै लयमा थियो । हिजो एक हुँदै आज सयमा छ । भोलि पनि रहिरहोस् । १०० मिलियन यात्रासम्म सँगै रहनुहुने सबै सबै मौलिक मनहरू प्रति नतमस्तक छौं । तपाईको रोजाइमा पर्नु पनि सबैको नसिबमा हुँदैन ।’

यस अघि खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द र शान्तिश्री परियारको स्वर रहेको गीत ‘अरेली काँडैले’ १० करोड भ्युज पाउने लोकविधाको पहिलो गीत बनेको थियो ।

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth