‘सैयारा’को नेपाली भर्सनमा रोमान्टिक इभा र कुन्साङ

blank

फिल्म ‘सैयारा’को चर्चा विश्वभर छ । भारतीय बक्सअफिसमा त यसले दोस्रो सप्ताहन्तसम्म २०० करोडको आँकडा पार गरेको छ ।

नेपालमा पनि यसको आक्रामक कमाइ देखिएको छ । यो फिल्ममाथि प्रशंसकले आफ्नो शैलीमा रि क्रिएट गर्दै सामाजिक संजालमा भिडियो तयार गरिरहेका छन् ।

सामाजिक संजालमा ट्रेन्डिङ भैरहेको यो फिल्मको मुख्य पात्र अनित पड्डा र अहान पाण्डेको स्टाइलमा रोमान्टिक दृश्य खिच्दै सामाजिक संजालका प्रयोगकर्ताले भिडियो पोस्ट गरिरहेका छन् ।

यस्तोमा, चर्चित नेपाली कन्टेन्ट क्रिएटर इभा गिरी र अभिनेता तथा मोडल कुन्साङ बमजनले ‘सैयारा’लाई आफ्नो स्टाटइलमा रि क्रिएट गरेका छन् । यो भिडियोमा यी दुबैजना आकर्षक र रोमान्टिक पनि देखिएका छन् ।

यो रोमान्टिक भिडियोको भ्यूज पनि लोभलाग्दो छ । प्रशंसकले उनीहरूको मिहेनतको प्रशंसा गरेका छन् ।

भिडियो सेयर गर्दै इभा लेख्छिन्, ‘हेर्नूस सैयाराको नेपाल भर्सन । धन्यवाद कुन्साङ बमजन र टिमलाई ।’ यो भिडियोमा नेपाली मात्र होइन, भारतीयले समेत प्रशंसा गरेका छन् ।

अहिले ‘सैयारा मेनिया’लाई पछ्याउँदै सामाजिक संजाल प्रयोगकर्ताले रिल्स र टिकटकमा यस्ता भिडियो बनाइरहेका छन् । कामको कुरा गर्दा इभा अहिलेकी चर्चित कन्टेन्ट क्रिएटर हुन् । उनले रमित ढुंगानाको फिल्म ‘नमेटिने घाउ’बाट फिल्ममा डेब्यु गरेकी छन् ।

कुन्साङले गतसाता मिलन चाम्सको आगामी फिल्म ‘सुम्निमा’को हिरोको रुपमा साइन गरेका छन् । यो फिल्ममा उनले उपासनासिंह ठकुरीसँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth