दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा दोस्रो स्थानमा

blank
blank

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अलराउण्डरतर्फको वरीयतामा दोस्रो स्थानमा उक्लिनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गर्नुभएको हो । यसअघि दोस्रो स्थानमा रहनुभएका रोस्टन चेस सात स्थान तल झदै नवौं स्थानमा पुगेपछि दीपेन्द्र दोस्रो स्थानमा उक्लिनुभएको हो ।

पहिलो नम्बरमा भारतका हार्दिक पाण्डेय हुनुहुुन्छ । तेस्रोमा अफगानिस्तानका मोहमद नाबी, चौथोमा इंल्याण्डका लियाम लिभिङटोन र पाँचांै स्थानमा वेष्ट इण्डिजका रोमारियो सेफर्ड रहनुभएको छ ।

टी-२० आईको ब्याटिङ वरीयतामा भने दीपेन्द्रसँगै कप्तान रोहितकुमार पौडेलको वरीयता खस्कँदा कुशल भुर्तेल र आसिफ शेखको वरीयतामा भने सुधार भएको छ । बलिङमा ललितनारायण राजवंशी दुई स्थान सुधार गर्दै ५६औँ स्थानमा उक्लिनुभएको छ ।

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth