आयुष सिंह ठकुरी – ‘राम नाम सत्य’मा अनुबन्धित

blank
blank

टिकटकर आयुष सिंह ठकुरी माइकल चन्दको निर्देशनमा निर्माण हुने चलचित्र ‘राम नाम सत्य’मा अनुबन्धित हुनुभएको छ । उहाँको यो डेब्यु चलचित्र हो । ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले राम नाम सत्यको कथा सुनेपछि यही चलचित्रमबाट डेब्यु गर्ने निर्णय लिएको हुँ’, आयुषले भन्नुभयो ।

यही साउनको २९ गते बाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्र एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित रहने निर्देशक चन्दले बताउनुभयो ।

चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनील थापा, दिनेश डीसी, रवि गिरीलगायत कलाकार यसअघि नै फाइनल भइसक्नुभएको छ ।

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth