‘हरिबहादुरको जुत्ता

blank
blank

दशैंको फूलपातिबाट रिलिजमा आउने पक्का भएको फिल्म ‘हरिबहादुरको जुत्ता’को  टिमले प्रचार आरम्भ गरेको छ । फिल्मको फस्टलुक सार्वजनिक गर्दै दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्मको प्रचार आरम्भ गरिएको हो । 

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य मात्र छन् । पोस्टरबाट उनको क्यारेक्टरलाई स्पष्ट पार्ने कोशिश निर्माणपक्षले गरेको छ । हरिबहादुर नेपाली टेलिभिजनको दुनियाँमा रुचाइएको पात्र हो ।

पोस्टरमा पनि सोही झल्को दिइएको छ । फिल्ममा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारहरूको अभिनय छ । 

असोज १३ गतेबाट रिलिजमा आउने यो फिल्मलाई एमएस मोसन पिक्चर्सको व्यानरमा निर्माण गरिएको हो । सरोज ओली र मोहितबंश आचार्य निर्माता रहेको फिल्ममा कृष्णबहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन छ । फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत सुन्न सकिनेछ । 

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth