‘रेलको बाटो’ निर्माणको घोषणा

blank
blank

फिल्म ‘रेलको बाटो’ निर्माणको घोषणा गरिएको छ । एक थिम पोस्टर सार्वजनिक गर्दै आज लक्ष्मण सुनारको कथा र निर्देशनमा तयार हुन लागेको फिल्म निर्माणको घोषणा गरिएको हो । 

कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित यो फिल्म निर्माण गर्न लागिएको हो । कस्तूरी प्रोडक्सन प्रालिको निर्माणमा रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्न लागेको यो फिल्मका कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् । 

सुरज पण्डितको संगीत रहने यो फिल्ममा निसाल पौडेलको छायांकन, राकेश दाहालको पोस्टर डिजाइन छ । सार्वजनिक पोस्टरमा ‘लैजा तेरो  सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ भन्ने वाक्य समेत समावेश गरिएको छ । यसले, राज्यको उपेक्षामाथि गहिरो भावनात्मक र राजनीतिक संकेत गरेको छ ।

यो फिल्मले सामान्य नागरिकको संघर्ष, श्रीमान–श्रीमतिबिचको सम्बन्ध र राजनीतिक बेवास्तालाई कथानकको मूल बिषय बनाउनेछ । यो वर्षको अन्त्यतिर कर्णालीका विभिन्न स्थानमा यो फिल्म खिचिनेछ ।

फिल्मलाई आउँदो वर्ष रिलिज गर्ने घोषणा समेत गरिएको छ । पटकथा अन्तिम चरणमा रहेको फिल्मका लागि कलाकारहरूको टुंगो लागेको छैन । 

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth