‘आ बाट आमा २’मा निकिता आचार्य

blank

चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा २’मा दोस्रो अभिनेत्रीको टुंगो लागेको छ । फिल्ममा निकिता आचार्य अनुबन्धित भएकी हुन् ।

दशैंको अवसर पारेर असोज ३० गते (फूलपातिको अघिल्लो दिन)बाट प्रदर्शनमा आउने यस फिल्ममा विपना थापा, पल शाह, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल (स्टोरीटेलर), गजित विष्ट, दीलिप ओखेडा, नरेन खड्कालगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । फिल्मको छायांकन जेठ १८ गतेबाट सुरु हुँदैछ । 

यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले तयार पारेका हुन् । फिल्मको पहिलो भाग सकिएको ठाउँबाट कथा अघि बढ्ने जनाइएको छ ।

blank

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Year’s Eve Harbour Party

Dec 31
blank

New Years Eve Boat Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth