र्जेन्टिनाका कप्तान लियोनेल मेसीले एउटै संस्करणमा तीन ऐतिहासिक कीर्तिमान बनाए । उनी विश्वकपमा सबैभन्दा धेरै जित (२३) निकाल्ने खेलाडी बने ।
यस्तै उनले लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान पनि बनाए । यसअघि जस्ट फन्टेन र जाइरजिन्होको नाममा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान थियो ।
मेसी विश्वकपमा पेनाल्टी क्षेत्रबाहिरबाट सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले पेनाल्टी क्षेत्रभन्दा बाहिरबाट ७ गोल गरे ।
