‘सिकन्दर’ टिजरमा सलमान खानको एक्सन अवतार

blank

काठमाडौं । बलिउड अभिनेता सलमान खानको प्रतिक्षित फिल्म ‘सिकन्दर’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४१ सेकेन्डको टिजरमा उनको दमदार एक्सन देख्न सकिन्छ । टिजरको ब्याकग्राउन्ड म्युजिक उत्कृष्ट छ ।

निर्देशक एआर मुरुगादासले इन्स्टाग्राममार्फत टिजर सार्वजनिक गरेका हुन् । नाडियाडवाला ग्राण्डसनको युट्युब च्यानलबाट टिजर रिलिज भएको हो । टिजरमा सिकन्दरको भूमिकामा देखिएका सलमान एकैसाथ मास्क लगाएर धेरै मानिससँग सामना गरिरहेको देखिन्छ ।

टिजरमा उनको संवाद छ, ‘धेरै मान्छे मेरो पछि लागेका छन् भन्ने सुनेको छु, मलाई फर्किन ढिलो भयो ।’ यो संवाद र उत्कृष्ट ब्याकग्राउण्ड साउण्डसँग सलमानले बन्दुकको लडाइ लडेको देख्न सकिन्छ ।

सलमानसहित रश्मिका मन्दाना स्टारर फिल्म सन् २०२५ को इदको अवसरमा रिलिज हुँदैछ । निर्देशक मुरुगादासले यसअघि गजनी, हलिडे र अकिरा जस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन् । फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । फिल्मको स्ट्रिमिङ पार्टनर नेटफ्लिक्स हो ।

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar