९ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सफलतापूर्वक सम्पन्न भयो । ८ फ्रेन्चाइज टिमहरूका बीचमा भएको प्रतियोगितामा जनकपुर बोल्ट्स उपाधि जित्न सफल रह्यो ।
विश्वका लिगहरू खेलिरहेका पाहुना खेलाडीहरूको प्रदर्शन त यसैपनि राम्रो हुन्छ । उनीहरूको फर्म टेम्पोररी तर क्लास पर्मानेन्ट हुन्छ । उनीहरूबाट एनपीएलका दौरान धेरै नेपाली खेलाडीहरूले धेरै कुरा सिक्ने अवसर पाए । केहीले विदेशीको उपस्थितिकै कारण उच्च मनोबलका साथ आफ्नो प्रदर्शन उच्च बनाए ।
नेपालमा पहिलोपटक आयोजना भएको यस फ्रेन्चाइज क्रिकेट लिगले विश्वकै ध्यान तान्न सक्यो । नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आयोजित एनपीएलले विश्वव्यापी चर्चा कमाइसकेको छ ।
एनपीएल आयोजना गर्नुको मूल उद्देश्यमध्ये एक हो- नेपाली खेलाडीहरूलाई एक्सपोजर र अनुभवका साथ धेरैभन्दा धेरै फाइदा पुगोस् । एनपीएल सम्पन्न भइरहँदा यसबाट नेपाली खेलाडी कति लाभान्वित भए त ?
एनपीएलमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुवै सूचीमा विदेशी खेलाडीहरू शीर्षस्थानमा रहे । प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि विदेशी खेलाडी नै घोषित भएका थिए ।

नेपाली खेलाडीका लागि भनेर आयोजना गरिएको यस प्रतियोगितामा आशा गरिएका नेपाली खेलाडीहरूकै फितलो प्रदर्शनले फर्ममा पनि धक्का पुगेको छ । प्रतियोगिताहरू त्यति नभइरहेको अवस्थामा खेलाडीहरूको लयलाई सन्तुलित राखिरहन एनपीएलले ठूलो योगदान दिने अपेक्षामा केही हदसम्म मात्र सफल भएको देखिन्छ ।
तर यसको आशय नेपाली खेलाडीहरूमथि थप दबाब बढ्यो भन्न खोजिएको चाहिँ होइन । एनपीएलमा केही आशालाग्दा खेलाडी नचल्दा क्रिकेट नै बिग्रियो भन्नु पनि उपयुक्त हुन्न । तर जुन हिसाबको प्रदर्शन नेपाली खेलाडीहरूबाट आशा गरिएको थियो त्यसमा केही खेलाडीले मात्र न्याय दिँदा केहीले फर्ममा सुधार ल्याउनै सकेनन् ।
एनपीएलकै क्रममा चितवन राइनोजका बलर रिजन ढकाललाई विदेशी खेलाडीहरूको बारेमा प्रश्न गर्दा उनले विदेशी खेलाडी भनेको अनुभवी हुन्छन् उनीहरूले यसैपनि राम्रो खेल्छन्, वास्तवमा एनपीएल भनेको नेपाली खेलाडीहरूका लागि आयोजना गरिएको हो जहाँ नेपालीहरूकै प्रदर्शन बढी मात्रामा बलियो हुनुपर्ने उनको पनि धारणा थियो ।
रिजनले भनेजस्तै एनपीएल नेपाली खेलाडीहरूकै लागि थियो । त्यसमा कस्तो प्रदर्शन गरें भनेर खेलाडी स्वयंले पनि आफ्नो मूल्यांकन गर्न सक्छन् । त्यसपछि आगामी दिनहरूमा कमजोरी पत्ता लगाएर त्यसमा काम गर्दै आफ्नो लयलाई पुनः ट्र्याकमा ल्याउन मेहेनत गर्नुपर्ने हुन्छ ।

समग्रमा भन्नुपर्दा एनपीएलमा नेपाली खेलाडीहरूलाई केही सिक्ने र आफ्नो बेस्ट दिने अवसर प्राप्त थियो भने केहीलाई बिग्रदों फर्मलाई सुधार्ने मौका थियो जसमा केही सफल पनि भए भने केही चुके पनि । केहीको प्रदर्शन ठीकठाक भयो । एनपीएलले कतिको फर्मलाई कन्सिस्टेन्ट बनाइँदिदा कतिको भने एक्सपोज नै गरिदिएको छ ।
विश्वका लिगहरू खेलिरहेका पाहुना खेलाडीहरूको प्रदर्शन त यसैपनि राम्रो हुन्छ । उनीहरूको फर्म टेम्पोररी तर क्लास पर्मानेन्ट हुन्छ । उनीहरूबाट एनपीएलका दौरान धेरै नेपाली खेलाडीहरूले धेरै कुरा सिक्ने अवसर पाए । केहीले विदेशीको उपस्थितिकै कारण उच्च मनोबलका साथ आफ्नो प्रदर्शन उच्च बनाए ।
आगामी दिनमा आफ्नो लयलाई सुधार्न नसकेमा वा सोचेअनुरूप प्रदर्शन गर्न नसकेको अवस्थामा नेपाली क्रिकेटमा केही परिचित अनुहारलाई प्रतिस्थापन गर्न नयाँको प्रवेश भएमा अचम्म मान्नुपर्ने छैन ।
Source: OnlineKhabar.com

HI’