चितवनको हात्ती प्रतियोगिता रोक्न जोन अब्राहमको पत्र

blank

काठमाडौं । चितवनमा आयोजना गरिने हात्ती महोत्सवको नाममा जनावरमाथि दुर्व्यवहार हुने गरेको भन्दै चर्चित भारतीय फिल्म अभिनेता जोन अब्राहमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन् ।

उक्त महोत्सवको क्रममा हात्तीलाई कुटपिट गर्ने गरिएको, दौडन, सवारीमा प्रयोग गर्न र पोलो र फुटबल खेल्न बाध्य पारिएको अभिनेता अब्राहमले पत्रमा उल्लेख गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

‘यी बुद्धिमान र संवेदनशिल जनावरले खेलको क्रममा शारिरिक र भावनात्मक कष्ट सहन्छन्’ मन्त्री पाण्डेलाई अब्राहमले लेखेको पत्रमा उल्लेख रहेको जनाइएको छ ।

‘जसले प्राकृतिक बासस्थानमा हात्तीहरूको सुन्दरता देखेको छ । म भन्न सक्छु कि तिनीहरु शक्ति र बुद्धिको प्रतीक समेत हुन् । उनीहरु धेरै अर्थबाट राष्ट्रिय खजाना हुन् । नेपालसँग यी सुन्दर जनावरलाई संरक्षण र सम्मान गरेर नेतृत्वदायीरुपमा अघि बढ्ने मौका छ’ पत्रमा उल्लेख छ ।

blank

पत्रमा अभिनेता अब्राहमले मन्त्री पाण्डेलाई हात्ती प्रतियोगिता स्थगित गर्न आग्रह गरेका छन् । ‘यति मात्र होइन, सबै जीवित प्राणीप्रति दया र सम्मानको मूल्य कायम गर्न र साझा भविष्य बनाउनेतर्फ नेपाल अघि बढ्नेछ भन्ने विश्वास लिएको छु’ अब्राहमले भनेका छन् ।

‘नेपालको लागि मेरो हृदयमा विशेष स्थान छ । म विश्वस्त छु कि यस्तो उज्वल भविष्य नागरिकको सम्मान, जंगली जनावरप्रतिको माया र अनुपम प्राकृतिक सौन्दर्यको संरक्षणबाट हुनेछ’ उनले भनेका छन् ।

उक्त महोत्सवमा हात्तीलाई कुटेर रगताम्मे पर्ने गरिएको र पर्यटकको सवारीको लागि पनि प्रयोग गर्ने गरिएको उल्लेख छ । जोन अब्राहम चर्चित बलिउड अभिनेता हुन् । उनका फिल्मले नेपालका हलमा राम्रो कमाइ गरेका छन् ।

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar