यस्तो छ प्रकाश दूतराजको म्युजिकल फिल्म ‘करिम’

blank

गायक प्रकाश दूतराजले ल्याएको ‘म्युजिकल फिल्म’ ‘करिम’ यतिबेला चर्चामा छ । रिलिज भएको दुई दिनमा यसलाई ३ लाख ४० हजार पटक हेरिएको छ ।

१५ मिनेट लामो यो सांगीतिक फिल्मले वादी समुदायका चेलीलाई जबर्जस्ती यौन व्यवसायमा लाग्न बाध्य तुल्याउने र उनीहरुलाई शोषण गरिएको मर्मस्पर्शी कथा पेश गर्छ ।

भिडियोको सुरुमै दलित समुदायभित्रको पनि सीमान्तकृत समुदाय वादीको ऐतिहासिक र सामाजिक अवस्थाको तथ्य पेश गरिएको छ । वादी समुदायका छोरी, चेली र आमाप्रति यो म्युजिकल फिल्म समर्पित गरिएको उल्लेख छ ।

दूतराजकै शब्द, संगीत रहेको गीतमा प्रकाश र शान्तिश्री परियारको स्वर छ । एक युवती पात्रमार्फत दूतराजले फिल्ममा बादी समुदायको परिस्थितीको चित्रण प्रयत्न गरेका छन् । उनी स्वयं यसमा हुलाकीको भूमिकामा छन् ।

चरित्र चित्रण, छायांकन र लेखनको कोणबाट दूतराजले यो सांगीतिक फिल्म बनाउन मेहनत गरेको देखिन्छ । आफ्नो ‘एकल दृष्टिकोण’ शैलीको कथावाचनबाट उनले संगीतसँगै कथा भनेका छन् । नवीन घर्ती मगरको निर्देशन र अनिल मानन्धरको छायांकनसँग दूतराजले सांगीतिक संयोजन गरेका छन् ।

यो सांगीतिक फिल्मको मुख्य विषयवस्तु वादी समुदायका बालिका र युवतीलाई पैसाको लागि जबर्जस्ती यौन कार्यमा लाग्न बाध्य बनाउने पक्ष हो । यो भिडियोलाई लिएर दूतराजले एकैसाथ प्रशंसा र आलोचना प्राप्त गरेका छन् ।

धेरैले उनको गायन र संगीतको पक्ष प्रशंसा गरेका छन् भने वास्तविक कथावस्तुलाई चित्रण गरेको उल्लेख गरेका छन् । समग्रमा दूतराजको यो पछिल्लो म्युजिकल फिल्मले आलोचनाभन्दा प्रशंसा बटुलिरहेको छ ।

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar