‘कार्साङ’ को ‘सात भन्ज्याङ’ गीतमा दयाहाङ र सिर्जनाको रोमान्स

blank

काठमाडौँ । यहि पुस २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘कार्साङ’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘सात भन्ज्याङ’ सार्वजनिक गरेको छ । डीपी खनालको शब्द, एसडी योगीको संगीत रहेको गीतमा एडी योडी र रेश्मा पुन मगरको स्वर छ । 

गीतमा फिल्मका कलाकार दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ । प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ ।

पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा प्रष्ट देखिन्छ । यम शेर्पाको निर्देशन रहेको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित फिल्म हो ।

शेर्पा समुदायको सांस्कृतिक कथा फिल्मले बिषय बनाएको छ ।  फिल्ममा दयाहाङ र सिर्जनाको अलवा जीतु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय छ । 

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।  सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar