‘सालको पात टपरी’ र ‘अरेली काँडैले’ – १० करोड भ्यूज

blank
blank

वसन्त थापाद्वारा संगीतबद्ध गीत ‘सालको पात टपरी’ युट्युब प्लाटफर्ममा १० करोड पटक हेरिने नेपाली लोकविधाको दोस्रो गीत बनेको छ । यसअघि खेम सेन्चुरीको ‘अरेली काँडैले’ले यो कीर्तिमान रचिसकेको छ ।

नवराज पन्तको शब्द, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको ‘सालको पात टपरी’लाई १० करोड भ्यूज पाउन ६ वर्ष लाग्यो । तीज अवसरमा रिलिज भएको यो गीत देश तथा विदेशमा धेरै गुञ्जिने गीतमध्ये पर्छ ।

संगीतकार थापाले सामाजिक संजालबाट खुसी साटेका छन् । उनी लेख्छन्, ‘प्रकृतिप्रेमी हुँ । यहाँ हामीले चाहेर केही पनि हुँदैन । बाहेक छलकपट न हामीले चाहँदा घाम उदाउँछ न त अस्ताउँछ न त पानी नै पर्छ । सबै आफ्नै गतिमा परिवर्तन हुन्छ । यो सफलता असफलता पनि ऋतु र यामहरू जस्तै प्राकृतिक रुपमै अगाडी बढोस् भन्ने चाहना छ ।’

उनी अघि लेख्छन्, ‘सालको पात टपरी आफ्नै लयमा थियो । हिजो एक हुँदै आज सयमा छ । भोलि पनि रहिरहोस् । १०० मिलियन यात्रासम्म सँगै रहनुहुने सबै सबै मौलिक मनहरू प्रति नतमस्तक छौं । तपाईको रोजाइमा पर्नु पनि सबैको नसिबमा हुँदैन ।’

यस अघि खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द र शान्तिश्री परियारको स्वर रहेको गीत ‘अरेली काँडैले’ १० करोड भ्युज पाउने लोकविधाको पहिलो गीत बनेको थियो ।

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar