‘सैयारा’को नेपाली भर्सनमा रोमान्टिक इभा र कुन्साङ

blank

फिल्म ‘सैयारा’को चर्चा विश्वभर छ । भारतीय बक्सअफिसमा त यसले दोस्रो सप्ताहन्तसम्म २०० करोडको आँकडा पार गरेको छ ।

नेपालमा पनि यसको आक्रामक कमाइ देखिएको छ । यो फिल्ममाथि प्रशंसकले आफ्नो शैलीमा रि क्रिएट गर्दै सामाजिक संजालमा भिडियो तयार गरिरहेका छन् ।

सामाजिक संजालमा ट्रेन्डिङ भैरहेको यो फिल्मको मुख्य पात्र अनित पड्डा र अहान पाण्डेको स्टाइलमा रोमान्टिक दृश्य खिच्दै सामाजिक संजालका प्रयोगकर्ताले भिडियो पोस्ट गरिरहेका छन् ।

यस्तोमा, चर्चित नेपाली कन्टेन्ट क्रिएटर इभा गिरी र अभिनेता तथा मोडल कुन्साङ बमजनले ‘सैयारा’लाई आफ्नो स्टाटइलमा रि क्रिएट गरेका छन् । यो भिडियोमा यी दुबैजना आकर्षक र रोमान्टिक पनि देखिएका छन् ।

यो रोमान्टिक भिडियोको भ्यूज पनि लोभलाग्दो छ । प्रशंसकले उनीहरूको मिहेनतको प्रशंसा गरेका छन् ।

भिडियो सेयर गर्दै इभा लेख्छिन्, ‘हेर्नूस सैयाराको नेपाल भर्सन । धन्यवाद कुन्साङ बमजन र टिमलाई ।’ यो भिडियोमा नेपाली मात्र होइन, भारतीयले समेत प्रशंसा गरेका छन् ।

अहिले ‘सैयारा मेनिया’लाई पछ्याउँदै सामाजिक संजाल प्रयोगकर्ताले रिल्स र टिकटकमा यस्ता भिडियो बनाइरहेका छन् । कामको कुरा गर्दा इभा अहिलेकी चर्चित कन्टेन्ट क्रिएटर हुन् । उनले रमित ढुंगानाको फिल्म ‘नमेटिने घाउ’बाट फिल्ममा डेब्यु गरेकी छन् ।

कुन्साङले गतसाता मिलन चाम्सको आगामी फिल्म ‘सुम्निमा’को हिरोको रुपमा साइन गरेका छन् । यो फिल्ममा उनले उपासनासिंह ठकुरीसँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar