रेसेपी : कसरी सजिलोसँग स्वादिलो खीर बनाउने ?

blank
blank

खीर हाम्रो भान्साको अभिन्न परिकार हो । हरेक नेपालीको घरमा खीर पाक्ने गर्छ । खीर नचाखेका नेपाली कमै होलान् । पछिल्लो समय धेरै युवा पढाइको वा कामको सिलसिलामा घर भन्दा बाहिर बस्छन् । उनीहरूलाई घरमा पाकेको जस्तो खीर कसरी पकाउने भन्ने लाग्न सक्छ ।

खीर कसरी बनाउने भन्नेबारे होटेल हिमालयका एक्जिक्युटिभ सु–सेफ मोहन कुँवरको रेसिपी यस्तो छ

आवश्यक सामग्री

चामल : २५० ग्राम (टाइचिन वा छोटो दानाको चामल

दूध : १ लिटर

चिनी : १०० ग्राम

कन्डेन्स्ड मिल्क : ५० एमएल (ऐच्छिक)

ड्राई फ्रुट्स : १०० ग्राम (काजु, बदाम, किसमिस)

इलायची पाउडर : १/२ चम्चा

केसर : १ चिम्टी (ऐच्छिक)

बनाउने तरिका

१. २५० ग्राम चामललाई राम्रोसँग सफा गरेर पानीमा धुने । सफा गरेको चामललाई १ घण्टा पानीमा भिजाएर राख्ने । यसो गर्दा चामल नरम हुन्छ र पकाउँदा राम्रोसँग गल्छ । भिजाएपछि पानी छानेर चामल तयार राख्ने

२.मोटो गहिरो भाँडोमा दूध तताउने । मध्यम आँचमा राखेर बेलाबेलामा चलाउँदै उमाल्ने, ता कि दूध तल टाँसिन नपाओस् । दूध उम्लिएपछि भिजाएको चामल हाल्ने र राम्रोसँग चलाउने

३.चामल र दूधलाई मध्यम आँचमा पकाउने । बेलाबेला चलाउँदै रहने, ता कि चामल तल नटाँसियोस् । चामल नरम र गिलो नहुन्जेल (लगभग २०–२५ मिनेट) पकाउने । यदि खीर धेरै बाक्लो भयो भने १/४ कप पानी थप्न सकिन्छ ।

४.चामल राम्रोसँग पाकेपछि १०० ग्राम चिनी हाल्ने र राम्रोसँग मिक्स गर्ने । चिनी पूरै घुल्न दिने ।

५.यदि कन्डेन्स्ड मिल्क प्रयोग गर्ने हो भने ५० एमएल हाल्ने र मिक्स गर्ने । यो ऐच्छिक हो, कन्डेन्स्ड मिल्क हाल्ने हो भने चिनीको मात्रा घटाउन सकिन्छ ।

६. १/२ चम्चा इलायची पाउडर र १ चिम्टी केसर पहिला थोरै तातो दूधमा भिजाएर हाल्ने । यसले खीरमा सुगन्ध र रङ थपिन्छ ।

७.१०० ग्राम ड्राई फ्रुट्स काजू, बदाम, किसमिस, पिस्ता सानो टुक्रा बनाएर हाल्ने । केही ड्राई फ्रुट्स सजावटका लागि छुट्टाएर राख्ने ।

८.खीरलाई मध्यम आँचमा ५–१० मिनेट थप पकाउने, ता कि सबै स्वाद मिसियोस् । खीरको गाढापन आफ्नो रुचि अनुसार बनाउने यदि धेरै बाक्लो भएमा थोरै दूध वा पानी थप्न सकिन्छ ।

९.खीर तयार भएपछि आँच बन्द गर्ने र चिसो वा तातो जुनसुकै अवस्थामा सर्भ गर्न सकिन्छ । सर्भ गर्दा माथि बाँकी ड्राई फ्रुट्स छर्केर सजाउने ।

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar