‘मोहर’- सस्पेन्स, थ्रीलर, प्रेम कथामा पल, बेनिशा र नीति

blank

साउनको २३ गतेबाट रिलिजमा आउने यो फिल्मलाई फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । चुम्बन जंग शाही फिल्मका निर्माता हुन् । 

एउटी बालिकालाई देउकी चढाउने विषयबाट उठान भएको फिल्मको ट्रेलर थुप्रै उतारचढावका बीच अगाडि बढेको छ । फिल्मको ट्रेलरले दर्शकलाई फिल्मप्रतिको चासो बढाउने देखिन्छ । 

दुई गीत र टिजर चर्चामा रहेको समयमा ट्रेलरले अझै कौतुहलता र चासो बढाउने पक्का छ । 

यो फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ । 

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर, दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत छ । यो फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । 

रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा कुमार महर्जनको एक्सन छ । 

फिल्मको शीर्षक अनुसार, ट्रेलरमा ‘मोहर’को महत्व र आवश्यकतालाई पनि झल्काइएको छ । फिल्म ‘मोहर’ले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । 

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar