साहित्यकार पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’मा आधारित रहेर तयार पारिएको यो नाटकमा नायक जीवन लुइँटेल, नायिका सनिषा भट्टराई र कलाकार राज न्यौपानेले अभिनय गर्दैछन् । जीवनले सुयोगवीर, सनिषाले सकम्बरी र राजले शिवराज नामक पात्रको भूमिकामा काम गर्दैछन् । नाटकलाई पत्रिका घिमिरेले निर्देशन गर्दैछिन् । साउन महिनाभर प्रत्येक दिन बेलुकी ५ः३० मा यो नाटक मञ्चन हुनेछ ।
यही नाटकबाट नायक जीवन लुइँटेलले अभिनयमा कमब्याक गर्दैछन् । नायिका सनिषा भट्टराईले भने दुई वटा फिल्ममा अभिनय गरेपछि आफूलाई नाटकमा प्रस्तुत गर्न लागेकी हुन् । जीवन र सनिषाको केमेष्ट्री दर्शकका लागि विशेष हुने अपेक्षा गर्न सकिन्छ ।


HI’