‘झरीपछिको इन्द्रेणी’को छायांकन सुरु,

blank
blank

‘भद्रगोल’बाट चर्चा कमाएका अर्जुन घिमिरे (पाँडे)ले ‘झरीपछिको इन्द्रेणी’ शीर्षकमा फिल्म बनाउने भएका छन् । हालै निर्माण पक्षले फिल्मको शभमुहूर्त गर्दै फिल्मको छायांकन थालेको हो । 

फिल्मको छायांकन काठमाडौं, ललितपुर र भक्तपुरमा हुनेछ । केही समयअघि पाँडेको समूह जेपीटी क्रियसनले निर्माणमा ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो । फिल्ममा उनी आफै प्रमुख भूमिकामा देखिउका थिए । यो फिल्मको व्यावसायिक सफलताले नै उनलाई निर्देशनमा डोर्‍याएको हो ।

‘झरीपछिको इन्द्रेणी’मा टेलिसिरियल ‘सक्किगोनि’बाट प्रियाना आचार्य (मुन्नी)लाई कलाकारका रूपमा अनुबन्धित भएका छन् । यही फिल्मबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेतीले कमब्याक गर्दैछन् । यो फिल्ममा गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ ।

पारिवारिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहनेछ । पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्ममा बुद्ध थापाको छायांकन र सुशील कडरियाको लगानी रहनेछ ।

blank

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar