‘हरिबहादुरको जुत्ता

blank
blank

दशैंको फूलपातिबाट रिलिजमा आउने पक्का भएको फिल्म ‘हरिबहादुरको जुत्ता’को  टिमले प्रचार आरम्भ गरेको छ । फिल्मको फस्टलुक सार्वजनिक गर्दै दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्मको प्रचार आरम्भ गरिएको हो । 

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य मात्र छन् । पोस्टरबाट उनको क्यारेक्टरलाई स्पष्ट पार्ने कोशिश निर्माणपक्षले गरेको छ । हरिबहादुर नेपाली टेलिभिजनको दुनियाँमा रुचाइएको पात्र हो ।

पोस्टरमा पनि सोही झल्को दिइएको छ । फिल्ममा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारहरूको अभिनय छ । 

असोज १३ गतेबाट रिलिजमा आउने यो फिल्मलाई एमएस मोसन पिक्चर्सको व्यानरमा निर्माण गरिएको हो । सरोज ओली र मोहितबंश आचार्य निर्माता रहेको फिल्ममा कृष्णबहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन छ । फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत सुन्न सकिनेछ । 

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar